ओलीले कमेडी देखाईरहेका छन् : रामकुमारी झाँक्री

660
views

चितवन, २०, पुस, चितवन । चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको बैठकलाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले नैतिक रुपमा बोल्ने सामथ्र्य गुमाएका प्रधानमन्त्री ओलीले पार्टी प्यालेस र वालुवाटारमा कमेडी देखाईरहेको बताएकी छिन् । कम्युनिष्टको विधि, विचार, नैतिकतामा नरहेका ओलीले दुई दुई घण्टा लामो कमेडी गरिरहेको बताईन् ।

नेतृ झाक्रीले दुई घण्टा बोल्दा दश मिनेट विचार, राजनीति र सिद्धान्तबारे बोल्न नसक्ने अयोग्यहरुबाट कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने बताउँदै कमेडियनलाई अध्यक्ष बनाएको दोष आफूले पनि लिनुपर्ने अवस्था आएको बताइन् ।

ओलीलाई प्रचण्ड र माधव नेपाल साक्षी बनेर सर्वसहमत दलको नेता बनाएको भन्दै उनले अब कित्ता प्रष्ट पार्ने समय आएको उल्लेख गरिन् । नेकपा दुई कित्तामा ध्रुवीकृत भएको छ उनले भनिन् ‘एउटा, २०६२ र ०६३ सालको ऐतिहासिक उपलब्धीहरु खोस्ने प्रतिगामी तप्का छ, अर्को, उपलब्धीहरुको रक्षा गर्ने कित्ता’, उनले कित्ता प्रष्ट पार्न अदालत र निर्वाचन आयोग नकुर्न पनि आग्रह गरिन् ।

‘एउटा पंक्ति अदालत र निर्वाचन आयोगको नतिजा कुरिरहेको छ । तर, ठूलो भागतिर लाग्नु भनेको चरम अवसरवाद हो । त्यसकारण अवसरवादको विरुद्धमै उभिनुपर्नेमा नेता कार्यकर्तालाई आग्र गरिन् ।

राजनीतिक प्रश्नको फैसला राजा ज्ञानेन्द्रले ग¥यो कि सडकबाट गरियो भन्दै झाँक्रीले संविधानको चिरहरण गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई सडकमा ल्याउने चुनौती पनि दिइन् । उनले संविधानको चिरहरण गर्ने राष्ट्रपति कार्यालय राखिएको शितल निवासबाट केही पात्रहरुलाई घोक्रेठ्याक लगाएर सडकमा झार्नेसम्म चेतावनी दिइन् ।