हुम्लामा अत्यधिक चिसो, जनजीवन कष्टकर

684
views

हुम्ला, २२, पुस । हिमपातपछि हुम्लामा अतयधिक चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको स्थानीयको भनाई छ । सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएको थियो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

सडकमा हिउँ जमेका कारण चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध हुनुका साथै सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको स्थानीयवासी कमल भण्डारीले बताउनुभयो ।

सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ । स्थानीयवासीलाई आऊजाऊ गर्नै समस्या भएको छ । उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन ।