पर्वत जेसिजका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

668
views

पर्वत, २२, पुस । पर्वत जेसीजको २५ औं पदस्थापन भएको छ । कार्यक्रममा जेसीस पर्वत बर्ष २०२० का अध्यक्ष रामु शर्माले जेसीस पर्वत बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठलाई जेसीज लोगो प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जेसीज नेपालका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीजमा आबद्धता भई सधैं बिधिको शासनलाई पालना गर्नुपर्नेमा जोड दिए ।

जेसीस पर्वत बर्ष २०२० का अध्यक्ष रामु शर्मा र जेसीस पर्वत बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जेसीस पर्वत बर्ष २०२० को कार्यकालका संयोजकहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रमको संचालन जेसीज पर्वत बर्ष २०२१ का माहसचिव उषा चापागाँई र जेसीज पर्वत बर्ष २०२० का माहसचिव सुमन श्रेष्ठले गरेका थिए ।