क्रान्तिकारी माओवादीद्धारा जनयुद्ध दिवसमा पोखरामा रातो मार्चपास

502
views

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी)ले जनयुद्ध दिवसको अवसर पारेर पोखरामा रातो मार्चपास गरेको छ ।

पोखराको अम्मर चोकबाट शुरू भएको मार्चपास पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोद्धन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज चन्द्रहरि सुवेदी अटलले जनयुद्ध दिवसको महत्व बारे चर्चा गर्दै संसारको जुनसुकै परिवर्तन हिंसात्मक आन्दोलनबाट मात्र सम्भव भएको बताए।

पार्टी प्रदेश सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन पार्टी केन्द्रीय सदस्य नारायण अधिकारीको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा देजमोका केन्द्रिय सदस्य एवम् देजमो गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाट, क्रान्तिकारी युवा लिग केन्द्रीय सदस्य एवम् प्रदेश संयोजक उत्तम थापा, महिला संगठनका केन्द्रीय सदस्य शुशिला थापा, तिलक अधिकारी लगायतले मन्तव्य राखेका थिए।