विव्यस गठनमै राजनीति : दाहाल–खनाल पक्ष विजयी, ओली पक्ष पराजित

916
views

महेन्द्र जिसी
पर्वत, ५, फागुन । विद्यालय व्यवस्थापन समिति गठन गर्न पर्वतमा पहीलो पटक निर्वाचन सम्पन्न गरिएको छ । कुश्मा नगरपालिका १४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन गर्न निर्वाचन भएको थियो ।

एक सय ८५ जना अभिभावक संख्या रहेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा एक सय ६७ जना अभिभावकहरुले मतदान गरेका थिए । व्यवस्थापन समितिका दुई सदस्य चयनका लागि गरीएको निर्वाचनमा नेपाली काँग्रेसतर्फका उमेदवार कृष्ण बहादुर बानीयाले ९३ मत ल्याएर र नेकपा झलनाथ प्रचण्ड पक्षका उमेदवार लोकबहादुर गुरुङ एक सय २ मत पाएर विजयी भएका हुन ।

केपी पक्षका सुर्य चन्द्र गुरुङ भने ६२ मत पएर पराजित भएका छन । व्यवस्थापन समिति छनौट हुनुपर्ने दुई महिला सदस्य सर्वसम्वत चयन भएको भएपनि दुई पुरुष सदस्यको लागि निर्वाचन गर्नु परेको नगर शिक्षा अधिकारी विष्णु प्रासद तिवारीले बताए । निर्वाचित सदस्यहरुबाट अध्यक्ष चयन गरीने नगर शिक्षा शाखाले जनाएको छ ।

विगतमा सहमतीमा सर्वसहमतिमा व्यवस्थापन समिति चयन हुने गरेको विद्यालयमा लगातारको पाँच महिनाको पर्यासपछि निर्वाचनमा जानु परेको विद्यालयका प्रअ प्रकाश सापकोटाले बताए ।