मतपेटिकामा आगलागी गराइएपछि मतदान स्थगित

783
views

रोल्पा, १४, आसार । मतपेटिकामा आगो लागेपछि रोल्पा १० को केन्द्रमा मतदान कार्य स्थगित भएको छ । मतदान गर्न गएका व्यक्तिले मतपेटिकामा केमिकल मिसाएर आगजनी गरेका हुन् । आगलागिपछि त्यहाँको मतदान कार्य स्थगित भएको छ । रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । मतदाताले ज्वलनशील पदार्थ बोकेको र मतदान गरिसकेपछि छोडेर हिँडेको प्रहरीको पूर्वानुमान छ ।