ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने सम्भावना

480
views

काठमाडौं, २३, फागुन । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सर्वोच्च अदालतको आदेश अनुसार पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठक शुरु हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् । विधेयक अधिवेशनका रुपमा रहने यो अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेको ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने र नयाँ प्रधानमन्त्री चयन हुने सम्भावनासमेत रहेका कारण आज शुरु हुन लागेको संसद् अधिवेशनलाई उत्सुकतापूर्वक हेरिएको छ ।

नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेपनि सर्वोच्चले त्यसलाई खारेज गरेपछि बैठक शुरु हुन लागेको हो ।

प्रतिनिधिसभामा नेकपाका सभामुुखसहित १ सय ७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ सांसदको प्रतिनिधित्व छ ।