त्रिशुलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

364
views

काठमाडौं, २६, फागुन । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आईरहेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको ज्यान गएको छ ।

पृथ्वीराजमार्गको बेनीघाटबाट लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।