ओलीलाई सत्तामा बसिरहने तुक छैन् : भट्टराई

442
views

काठमाडौं, २६, फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहने तुक नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले लेखेका छन्–“अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो । तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई नेपाली प्रतिगमनको मुख्य खलनायकको रुपमा चित्रण गरेका छन् । प्रधानमन्त्री ओलीले उल्टै अरुको शिकारमा विषाक्त घाँस हालिरहेको समेत आरोप लगाएका छन् । उनले ओली हटाएर देश बचाउनुपर्ने पनि धारणा राखेका छन् ।