जसपा–एमाले सत्ता समीकरणमा सकारात्मक

माओवादी केन्द्रले छाडे बहुमतका लागि एमालेलाई १८ मत आवश्यक

701
views

काठमाडौं, २८, फागनु । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग संयुक्त छलफल गर्ने निर्णय गरेसँगै एमालेसँग छलफल गरेको छ ।

को छ । यसअघि सरकारमा सहभागिताको विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले छलफल गरिरहेका थिए ।

बिहीबार पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले वर्तमान राजनीतिक संकट अन्त्यका लागि नेकपा–एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलसँग पाँचै नेताले छलफल गर्ने निर्णय गरेको थियो ।

जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए । बार्ता सकरात्मक दिशातर्फ उन्मुख भएको देखिन्छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्रीसँग भएको छलफलमा जसपाले विगतमा ओलीले गरेका सहमति कार्यान्वयन नभएको विषयमा जसपाका नेताले कुरा राखेका थिए ।

त्यस्तै रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई जसपाका नेताहरुले दोहो¥याएका थिए ।

माओवादी केन्द्रले साथ छाडेमा प्रधानमन्त्रीलाई बहुमतका लागि १८ मत आवश्यक पर्छ । जसपासँग निलम्बनमा रहेका दुई सांसदबाहेक ३२ सांसद छन् ।