नेपाल–खनाल समूहले डाक्यो राष्ट्रिय कार्यकर्ता भेला

468
views

काठमाडौं, २९, फागुन, काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले भेला बोलाउने निर्णय गरेको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको समेत निर्णय गरेको नेता भिम रावलले जानकारी दिए ।

बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ नेता रावलले भने ‘भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाउने निर्णय र्भको छ ।’