चितवनमा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने

728
views

चितवन, १, चैत्र । चितवनमा स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन फुटबल संघको आयोजनामा विजय खड्गीको स्मृतिमा चैत १२ देखि २१ गते सम्म फुटबल प्रतियोगिता हुन लागेको आज शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

देशभरका उत्कृष्ट १० फुटबल क्लवको सहभागिता हुने चितवन फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताउनुभयो । भरतपुर महानगरपालिकाको मुख्य प्रर्वद्धनमा प्रतियोगिता हुने उहाँको भनाई छ । प्रतियोगितामा ए डिभिजन लिग खेल्ने खेलाडीको समेत सहभागिता हुनेछ । च्यारिटिका रुपमा आयोजना हुने प्रतियोगितामा बागमती प्रदेशका मात्रै ४ टिम सहभागिता हुने चितवन फुटबल संघले जनाएको छ । स्व विजयी खड्गीको परिवारलाई सहयोग गर्ने उदेश्यले हुने प्रतियोगितामा चितवन, हेटौडा, काठ्माण्डौ, पोखरा, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली लगाएतका जिल्लाका फुटबल टोली सहभागि हुने कार्कीले बताउनुभयो । चितवनका मात्रै २ टिम खेलाइने छ । उहाँले चितवन फुटबल संघ फुटबल खेलाडीलाई मात्र नभई खेलाडीका परिवारलाई समेत सहयोग गर्ने बताउनुभयो ।

एन्फा एकेडेमीका २०५७ साल व्याचका प्रतिभाशाली खेलाडी विजय खड्गीको ३२ बर्षको उमेरमा २०७५ सालमा वैदेशिक रोजगारीको शिलशिलामा कतारमा हृदयधातका कारण मुत्यु भएको थियो । उमेर समुहमा निकै प्रभावशाली खेल खेल्ने विजयले नेपालका तर्फवाट २ वटा प्रतियोगिता खेलेका थिए । उनले चितवनको फुटबलमा आबद्ध भएर राष्ट्रिय स्तरका प्रतियोगिता खेलेका थिए ।

प्रतियोगितामा टिकट विक्रीबाट प्राप्त भएको रकम विजय खड्गीका एक मात्र पुत्रको शिक्षामा खर्च गरिने छ । प्रतियोगितामा ३ हजार दर्शक क्षमताको प्याराफिट रहने संचार संयोजक रामहरी ढकालले जानकारी दिनुभयो । समुह चरणका खेलका लागि ५० रुपैया टिकट लाग्नेछ भने सेमिफाइनल र फाइनलका खेलका लागि १ सय रुपैयाको टिकटको व्यवस्था हुने ढकालले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले ३ लाख र द्धित्तिय हुनेले १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै ए डिभिजन लिग सरह म्यान अफ द टुर्नामेन्टलाई २० हजार, विधागत उत्कृष्ट खेलाडीलाई १० हजार र म्यान अफ द म्याचमा लाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगिता संचालन गर्न २७ लाख ७३ हजार लागत लाग्ने अनुमान गरिएको छ ।