नेपालमा ‘कोभ्याक्सिन’ खोपलाई पनि अनुमति

633
views

काठमाडौं, ८, चैत्र । औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो । यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् ।

यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन् । थप दुई कम्पनीले नेपालमा प्रयोगका लागि निवेदन दिएका छन् । रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् ।

उक्त निवेदनमाथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ । नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप मात्रै प्रयोग भैरहेको छ ।