समृद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा शुभकामना तथा सम्मान व्यक्त

938
views

ईन्दिरा तिवारी ‘ईन्दु’
पर्वत, ४, बैशाख । समृद्धि बचत तथा ऋण सहकारी संस्था लि कुश्माले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।

सहकारीले पर्वतको ऐतिहासिक पर्यटकिय स्थल राम्जा चित्रेमा शुभकामना एवं सम्मान कार्यक्रम सम्पन्न गरको हो । चित्रे होमस्टेमा सम्पन्न शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन श्रेष्ठले संस्थाको थप प्रगतिका लागि नयाँ बर्षमा नयाँ व्यवस्थापनमा जुट्न आग्रह गरे ।

कार्यक्रममा सस्थाका परिष्ठ सल्लाहाकार राजेन्द्र कर्मचार्य, नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुप्ला शाक्य, संस्थाका कोषाध्यक्ष विपिन कर्मचार्य, संस्थाका लेखा संयोजक ईन्दु तिवारीले नयाँ बर्षमा समृद्धीको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतको निर्वाचनमा महिला उपाध्यक्षमा निर्वाचित ईन्दिरा तिवारी ‘ईन्दु’, शिवालय खानेपानी संस्थामा निर्वाचित उपाध्यक्ष तुप्ला शाक्यलाई सम्मान व्यक्त गरिएको थियो ।

सहकारीद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमको सञ्चालन संस्थाका सचिव बादल कुमारी शर्माले गरेकी थिईन् ।