नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा

527
views

नेपालगञ्ज, ८, वैशाख । कोरोना भाइरस संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बैशाख ८ गतेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

उपमहानगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो ।