नेलम्बोद्वारा दुई सरकारी स्वास्थ्य संस्थालाई सहयोग

469
views

श्रीभद्र पौडेल
हेमजा, २४, बैशाख । पोखरा–४ गैह्रापाटन स्थित नेलम्बो नेपालले कोरोना भाइरस बिरुद्घका स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यलाई जारी राखेको छ । जसअन्र्तगत बिहीवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सामग्री प्रदान गरिएको हो ।

निर्देशनालयलाई रु.एक लाख ८५ हजार सात सय ५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु.५० हजार सात सय ८० बराबरका सामग्री प्रदान गरियो । पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, सेनिटाइजर, सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, सावुन, स्प्रे बोतल, गोब्ल्स् लगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्र्तगतका सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले सहयोगप्रति आभार प्रकट गर्दै विषम परिस्थतीको मूल्याङकन गरेर नेलम्बोले सहयोग गरेको बताइन् ।

मन्त्री पुन मगरले कोरोनाको पहिलो चरणमा विभिन्न संघसंस्थाबाट प्रदेश सरकारलाई रु.४ करोड वरावरको सहयोग प्राप्त भएको जानकारी दिर्दै अव दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गरिन् । उनले सरकारसँग बजेट भएपनि कार्यान्वयको प्रक्रिया निकै झन्झटिलो हुने भनाई पनि राखिन्।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणा राखे । उनले निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको स्पष्ट पार्दै महामारी बिरुद्घ लड्न निर्देशनालयलाई रु.१५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता जनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने बताउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास दिलाए । उनले प्रतिष्ठानले सुरु देखि नै कोभिड वार्ड संचालन गरिरहेको उल्लेख गर्दै आवश्यक परे अस्पताल पुरा नै कोभिडको उपचारमा प्रयोग गर्न सकिने पनि जनाए ।

निर्देशानलयका निर्देशक डा. विनोद विन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पु¥याइने भनाई राखे । कार्यक्रमका बीच नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिए ।

चारवर्ष अघि स्थापित नेलम्बोले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । स्वास्थ्य अन्र्तगत पहिलो चरणमा पनि उक्त संस्थाले कोरोना भाइरस विरुद्घका स्वास्थ्य सुरक्षाका सामग्री स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कर्मी संचारकर्मी र सुरक्षा निकायलाई प्रदान गरेको थियो ।