देशभर २,४७६ कोरोना संक्रमित थपिए, २७ को मृत्यु

312
views

काठमाडौं, ११, असार । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जना गरी २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यस्तै ५ हजार ४५५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । तीमध्ये ८ हजार ९४५ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख ७६ हजार ४१३ संक्रमणमुक्त भएका छन् ।