डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या

423
views

सर्लाही । सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर–३ भक्तिपुरका ५५ बर्षिय वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादका क्रममा डोजर चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरेका छन् । देवकोटाका अनुसार ईश्वरपुर– ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको आरोप लगाइएको छ ।