उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गर्नेबारे सहमति

323
views

काठमाडौं, १४, असार । उपत्यकामा जारी निषेधाज्ञाका विषयमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहबीच आइतबार बैठक भएको छ । बैठक भए पनि त्यस विषयमा कुनै निर्णय नभएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले बताए ।

निषेधाज्ञा थप गर्ने कि नगर्ने र निषेधाज्ञाको मोडालिटीबारे भएको संयुक्त बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा सहमति भए पनि निर्णय आज सोमबारमात्र हुने उनले बताए । ‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘सोमबार साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी बैठक सकिएको छ ।’

उनले बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयलाई लिएर भोलि नै निर्णय हुने पनि बताए। ‘अहिलेकै जस्तो निषेधाज्ञाको मोडालिटी भयो भयो सार्वजनिक गाडी चल्दैन, लुज लकडाउन भयो भने गाडी जोरबिजोरमा चल्न सक्छ ।’