एमाले एकता कार्यदल बैठक : विषय केन्द्रित छलफल

643
views

काठमाडौं, २२, असार । नेकपा (एमाले) एकता कार्यदलले पार्टी एकताको विषयमा केन्द्रित छलफललाई सकारात्मक ढंगले अगाडि बढाएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीभित्रका समस्या समाधानको दिशामा अगाडि बढ्ने सहमति गरेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य भीम रावलले छलफल पार्टी एकतापछि अहिले बनेका संगठनात्मक संरचनालाई कसरी अगाडि बढाउने र कसरी समस्या समाधान गर्ने भन्ने विषयमा केन्द्रित भएको जानकारी दिए ।

‘आजको बैठक सकियो । भोलि बिहान साढे ८ बजेदेखि फेरि बस्ने छ । सबै विवादका विषयमा छलफल भएको छ,’ ओली पक्षिय नेता सुवास नेम्वाङले भने, ‘विवादका विषयमा कार्यदलका सबै सदस्यले आफ्ना धारणा राख्नुभएको छ, विवाद समाधानले सकरात्मक मोड लिएको छ ।’
कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल छन् भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल छन् ।