पर्वतमा खोलाले गाडी बगाउँदा इन्जिनियर सहित ३ जना बेपत्ता

377
views

पर्वत, २३, असार । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ ।

अविरल बर्षातसंगै आएको बाढिका कारण मध्यरातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए ।

बाढीमा मध्य पहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य गरिरहेको लामा कन्ट्रक्सनको गाडी बेपत्ता भएको हो । बाढीले लामा कन्ट्रक्सन निर्माण कम्पनीका साईड ईन्चार्ज राजाराम आचार्य, गाडी चालक ईन्द्र थारु र नाम नखुलेका अर्का एकजनालाई बेपत्ता बनाएको हो ।

बाढीले खोला किनारका ३ घर समेत वगाएको छ । खोला किनारका घर बगाएपनि घरमा सुतिरहेका मानिसहरु समयमा नै थाहा पाएका कारण भागेर ज्यान जोगाउन सफल भएका थिए ।