मेलम्चीमा फेरी बाढी : रातो पुल पनि बगायो

624
views

साउन, १७, सिन्धुपाल्चोक । मेलम्ची खोलामा फेरि बाढी आएको छ । मुहान क्षेत्र भेमाथाङको लेकाली जमिन भासिएर पानीसँगै बगेकोले शनिबार रातभर लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।

गएको असारमा आएको बाढीले बगर बनेको मेलम्ची बजारमा बाँकी रहेका घरहरुलाई शनिबार राती आएको बाढीले क्षतिग्रस्त बनाएको छ । मेलम्ची र हेलम्बु जोड्ने चनौटेस्थित रातोपुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको छ भने बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ ।