कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेट, के भयो छलफल ?

397
views

काठमाडौं, १९, श्रावण । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । नेता नेपाललाई भेट्न मंगलबार बिहान प्रचण्ड कोटेश्वरमा पुगेका हुन् ।

एमालेका नेताहरूले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भेट गराउने प्रयास गरिरहेका बेला प्रचण्ड–नेपाल भेट भएको हो । पछिल्लो समयमा मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ ।

भेटमा दूई नेताबीचको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रम लगायत विषयमा विचार विमर्श भएको बुझिएको छ । यसअघि प्रचण्डले पार्टीको स्थायी कमिटीमा नेता नेपाल पक्ष सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए ।

सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने सत्ता पक्षीय गठबन्धनका नेताहरूको प्रयास रहेको बताइन्छ। तर, नेपालले भने त्यसबारेमा ठोस निर्णय गरिसकेका छैनन् । जसका कारण मन्त्रिपरिषद्ले हालसम्म पनि पूर्णता पाएको छैन ।

यता, प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ ।