सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा–पौडेल

326
views

काठमाण्डौं, २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति वारम्बार सत्तामा पुगेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका छन् ।

पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको पौडेलले लेखेका छन् ।
उहाँको टिप्पणी छ ।