अमेरिकी हवाई आक्रमणमा १२ आतङ्ककारी मारिए

633
views

काठमाडौं, २६, साउन । अफगानिस्तानको कपिसा प्रान्तको नेज्रेब जिल्लाको अमेरिकी हवाई आक्रमणमा दुई जना पाकिस्तानीसहित १२ आतङ्ककारी मारिएको दाबी गरिएको छ ।

चार जना तालिबान कमाण्डर र २ पाकिस्तानीसहित १२ जना आतङ्कवादीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले साझा गरेको ट्वीटमा उल्लेख गरिएको छ ।

अमेरिका नेतृत्वको सैन्य गठबन्धनको बर्हिगमनको निर्णयसँगै अफगानिस्तानमा तालिबान समूहले आक्रमणको घटनामा बृद्धि गरेको छ । रक्षा मन्त्रालयले हवाई आक्रमणमा तालिबानले सैन्य सामग्री, हतियार समेत नष्ट भएको उल्लेख गरेको छ ।