इंग्लीश प्रिमियर लिगमा ब्रेन्टफोडको सानदार जित

434
views

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो ।

ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलको २२ औं मिनेटमा सेर्गी र ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डलाई २–० को जित दिलाएका हुन् ।

यस जितसँगै ७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गरेको छ । गत सिजन च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो ।