तालिवान सरकार गठनको तयारीमा

1146
views

एजेन्सी । अफगानिस्तान नियन्त्रणमा लिएको तालिवानले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछि सत्ता कब्जा गरेको तालिवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै सरकार गठनको तयारी थालेको हो ।

उनीहरुले अफगानिस्तानमा जारी तनाव अन्त्य गर्दै सरकार गठन गरी देश र जनताको भलाईका लागि काम गर्ने घोषणा गरेको छ । अफगानिस्तान आफ्नो कब्जामा गएपछि चीन, पाकिस्तान र रुसले मान्यता दिइसकेको दाबी गर्दै तालिवानले सरकार गठनपछि अफगानिस्तान इस्लामिक राष्ट्र हुने समेत घोषणा गरेका छन् ।

हाललाई तालिवानका प्रभावशाली नेताहरु मुल्ला अब्दुला बरादर र हिब्तुल्लाह अखुन्दजादाले सरकार सम्हाल्ने तालिवानीले जनाएको छ । उनीहरुले आफ्नो नेतृत्वमा सरकार गठन हुँदा कुनैपनि नागरिकले डराउनु पर्ने स्थिती आउन नदिने बचन पनि दिएका छन् ।