एमाले विभाजन गर्ने षडयन्त्रमा अध्यादेश ल्याइँदै : केपी ओली

988
views

काठमाडौं १, भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

सोमबार राति एक विज्ञप्ति जारी गर्दै ओलीले एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन हुन नसक्ने स्पष्ट पारेका छन् ।