केही समयपछि एमाले एकता हुन्छ–मुख्यमन्त्री शाक्य

718
views

काठमाण्डौं, ५, भदौ । वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले केही समयपछि पार्टी एकढिक्का हुने विश्वास व्यक्त गरिन् ।

उपाध्यक्ष शाक्यले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने बताईन् ।

नेकपा एमाले रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराईन् ।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर–बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटकपटक आग्रह गरिन् ।