सुर्खेत कारागारका ११ कैदीबन्दीलाई सजाय माफी

524
views

सुर्खेत । सुर्खेत कारागारका रहेका कैदीबन्दीहरू मध्ये ११ जनालाई सजाय माफी दिइएको छ । संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ११ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा भएको छ ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी आइतबार संविधान दिवसको अवसरमा कारागारमा रहेका ११ जनालाई कैद मिनाहाा गरिएको जेलर लक्ष्मी खरेलले जानकारी दिइन् ।

सुर्खेत कारागारमा अहिले २ जना आश्रित बालबालिकासहित ३८ जना महिला र तीनसय २ जना पुरुषसहित कुल तीनसय ४० जना कैदीबन्दीहरु विभिन्न मुद्दामा जेल सजाय काटिरहेका छन् ।

उनका अनुसार कैद मिनाहाा हुनेहरूमा कर्तव्य ज्यान मुद्दा पाँच जना छन् । जसमा कमल भन्ने धिरज पराजुली, काइँला भन्ने टोपबहादुर रोकाय, ईन्द्रबहादुर रामजाली, जीवन शाही र धनबहादुर विक रहेका छन् ।

त्यस्तै, डिलबहादुर बुढामगर खुन डाँका मुद्दा, सूर्यबहादुर गुरुङ ९सवारीबाट अङ्गभङ्ग मुद्‍दा०, गोपाल सार्की ज्यान मार्ने उद्योग मुद्दा, प्रेमबहादुर कामी (बहुबिबाह मुद्दा) बाट माफी पाएका हुन् । साथै (सवारी ज्यान मुद्‍दा)मा राजकुमार बोहरा र लक्ष्मण विकले सजाय मिनाहा पाएका हुन् ।

कैदी बन्दीको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएपछि कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्थाअनुसार कैद मिनाहाा गरिएको जेलर खरेलको भनाइ रहेको छ ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाहाा गर्न सक्ने व्यवस्था अनुसार सुर्खेत कारागारमा रहेका मध्ये ११ जनालाई कैद मिनाहा गरिएको हो ।