सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद् तामाङ पक्राउ

488
views

काठमाडौं, १९, असोज । सिभिल गुप्रका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ ठगी उजुरीमा प्रक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार उनीसहित एक दर्जन बढीलाई सुन्धारा क्षेत्रबाट प्रक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका अनुसार उनीविरुद्ध सहकारी ठगीको उजुरी परेको छ ।

७० जना निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको उजुरी दिएका छन् । प्रहरीका अनुसार निवेदन आउने क्रम जारी भएको र ठगीको रकम बढ्न सक्ने अनुमान छ । सहकारी अध्यक्ष केशबलाल श्रेष्ठसहित सिभिल सहकारीका पदाधिकारी पक्राउ परेका हुन् ।

आफैं साहु र आफैं ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट सिभिल ग्रुपले ९० प्रतिशत कर्जा लिएको छ ।