अफगानिस्तानबाट सबै नेपालीको उद्धार

483
views

काठमाडौँ, १४, कार्तिक । उद्वार प्रतिक्षमा अफगानिस्तान रहेका ३२ नेपालीको अन्तिम डफ्फा नेपाल आएसँगै त्यहाँ रहेका सबै नेपालीहरुको उद्वार भएको छ ।

अफगानिस्तानमा रहेका कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ । आज स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको संख्या ९४० पुगेको छ ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय नियोग तथा कार्यालयमा अतिआवश्यक कार्यमा संलग्न केही नेपालीहरु मात्र रहेका तथा उनीहरूमा सुरक्षा जोखिम नरहेको बताउँदै मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रसंघयि निकायले अतिआवश्यक मानवीय तथा विकाससम्बन्धी कार्य जारी रहने जनाउँदै राष्ट्रसंघमा कार्यरत नेपालीलाई कुनै सुरक्षामा जोखिम भए सबैलाई सुरक्षितरूपमा नेपाल फीर्तिको प्रबन्ध मिलाइने जानकारी दिएका छन् ।”

उद्धार भई आज फर्केकाहरू वैदेशिक रोजगारीको स्वीकृति नलिई अफगानिस्तान पुगेका, राजधानी काबुलका विभिन्न भागमा स–सानो समूहमा छरिएर रहेका तथा उनीहरूलाई एउटै समूहमा आवद्ध गरी आवास र भोजनको सुविधासहित सुरक्षितरूपमा राख्ने प्रबन्ध नेपाल सरकारको अनुरोधमा आइडिजी कम्पनीमार्फत गरिएको थियो ।

सरकारले अफगानिस्तानको उद्धार ‘मिशन’ मा सहयोग गरेका सबै स्वदेशी निकाय, रोजगारदाता, मित्रराष्ट्रहरु तथा राष्ट्रसङ्घीय निकायप्रति आभार व्यक्त गरेको छ ।