बजारमा ‘कान्छी साली’

188
views

पोखरा, २६, फागुन । संचारकर्मी तथा राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालको ‘कान्छी साली’ स्रोता दर्शकमाझ आएको छ । दाहाल लगायत यो गितमा तोय कार्की, अनिता पन्त, सुनिता गुरुङ लगायतको आवाज रहेको छ ।

उक्त गित दिपक कँडेलको शब्द र राम्जी पौडेलको लयमा साहिल गायकको संगितमा नमस्ते पोखराको रेडडिङमा बजारमा ल्याएका हुन् ।

जुन गितको भिडियोमा हिमाल रिजाल, कविता क्षेत्रीको मुख्य भूमिका रहेको छ । उक्त भिडियो पोखराको आसपासमा छायांङ्कन गरिएको हो भने भिडियोको सम्पादन सुवास अवगाईले गरेका थिए ।

दाहालले यस अघि रमिता सिरियल लेखन तथा निर्देशन र शिव भजन समेत बजारमा ल्याइसकेका छन् । ‘कान्छी साली’ गित रमिता टिभि यूटुव च्यानल मार्फत हेन सकिने भएको छ ।