‘घरघर जाऔं, काँग्रेस जिताऔं’ चुनावी अभियान सुरु

558
views

काठमाण्डौं, २९ फागुन । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियानमा लाग्दै छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी अभियानको उद्घाटन गरेपछि ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ चुनावी अभियान सुरु गर्न लागेको हो ।

चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्वपूर्ण विषयलाई नागरिकसमक्ष पुर्याउने अभियानमा काँग्रेस लागेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

अभियानमा पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्थ कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष व्यापक रूपमा राख्ने बताइएको छ ।