रुसलाई सहयोग गरेको भन्दै अमेरिकाद्वारा चीनलाई चेतावनी

166
views

एजेन्सी, १, चैत्र । रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो ।

सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् । उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो अवस्थामा अगाडि बढ्ने बताए ।

अमेरिकी राष्ट्रपति जो वाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र चिनियाँ राजदूत याङ जिचीबीच रोममा भेटवार्ता भएपछि ह्वाइट हाउसले चीनलाई चेतावनी दिएको हो ।

चीन र रुसबीच निकट सम्बन्ध छ । युक्रेनमाथि रुसी हमलाको चीनले विरोध गरेको छैन ।