आईपीएल क्रिकेट : पञ्जाब किङ्ग्सको विजयी सुरुआत

613
views

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको बेङ्ग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोडे भने कप्तान मायाङ्क अग्रवालले ३२, ओडिन स्मिथले २५, साहरुख खानले २४ र लियाम लिभिङस्टोनले १९ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए भने आकाश दीप, वानिन्दु हसारङ्ग र हर्शल पटेलले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई निताउन सकेनन् ।

यस्तै, बेङ्ग्लोरका विराट कोहलीले ४१, दिनेश कार्तिकले ३२ तथा अनुज रावतले २१ रन जोडे । पञ्जाबका अर्शदीप सिंह राहुल चाहरले १–१ विकेट लिए । यसअघि हिजो नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको थियो । मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो ।