नेपाल भारतबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर

173
views

काठमाडौं, २०, चैत्र । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमा हस्ताक्षर भएको हो ।

त्यस्तै, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले हरियो झण्डा देखाएर नेपाली रेलको भर्चुअल उद्घाटन समेत गरेका थिए ।