गाउँपालिका अध्यक्षमा थापाद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा

1254
views

दैलेख ।  ठाटीकाँध गाउँपालिका अध्यक्ष पदमा दिपेन्द्र थापाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का युवा नेता थापाले गाउँपालिका अध्यक्षमा आइतवार घोषणा गरेका हुन ।

युवाले नेतृत्व गर्नुपर्ने बेला आएको हुनाले आफ्नो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको थापाले बताए ।

ठाटीकाँध गाउँपालिका परिर्वतन गर्न युवाको नेतृत्वमा आउनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु,’उनले भने,‘सम्पुर्ण विकासप्रेमी युवा मनहरु र सम्पुर्ण ठाटीकाँध गाउँपालिकाबासीलाई एकपटक मलाई साथ दिन अनुरोध गर्दछु ।