श्रीमतीलाई अध्यक्षमा दाबी नगर भनेको हुँ, उल्टो भयोः अध्यक्ष शाह

463
views

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा एमालेकातर्फबाट अध्यक्ष तथा उपाध्यक्षको टुंगो लाग्न सकेको छैन ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवि शाहलाई प्रदेश कमिटिमा सिफारिस गरेर पठाउनु पर्ने भन्दै पालिका कमिटीका सदस्यहरुलाई दबाब दिएको आरोप भुटो भएको शाहले बताए ।

एमाले कर्णाली प्रदेश अध्यक्ष बिनोद कुमार शाहले श्रीमतीलाई अध्यक्षमा सिफारिस गर्न ठाटीकाँधमा नबसेको बताए । आफ्नो आमा बिरामी भएका कारण ठाटीकाँधमा आएको हुँ,’उनले भने, ‘नत श्रीमतीलाई जिताउन आएका हुँ । म आफुले श्रीमतीलाई अध्यक्षमा दाबी नगर भनेको हो ।’

भन्नेबेला समाबेशीता भन्ने महिला उठ्दा विरोद गर्ने,‘उनले भने, ‘सुरुवाती अवस्था देखि दुबैजना पार्टिमा लागेको हो । उनको पनि आफ्नो ठाउँबाट पालिकामा दाबेदार गर्ने हक अधिकार होलानी । पार्टिको काम निरन्तर गर्नुपर्ने पालिकामा दाबी गर्दा बिरोध हुने कस्तो प्रचलन हो । महिला जहिले पनि पछि नै हुनुपर्ने ।’

तीन जनाको नाम पठाइदेउ भन्दा नमानेको र त्यसो गर्दा पनि हुँदैन भने जति नाम छन ति सबैको नाम पठाइदिन भनेको शाहको दावी छ । ‘पार्टी कमिटिले विवेकपूर्ण रुपमा सोच्ला । पार्टीको पक्षमा परिणाम आउने गरि निर्णय हुन्छ भनेर भनेको हो । मलाई मेरो श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापन बाहेक केहि होइन,’ उनले भने, ‘श्रीमतीले चुनाव लड्नै नपाइने भन्ने होइन ।

पार्टिमा उनको पनि योगदान रहेको छ । दाबेदार हुन पाइन्छ । चुनाव हारियो भने आफ्नो नाम जोडिने बताउँदै २०४० सालदेखि चुनाव जिताइरहेको उनले बताए ।

यता अध्यक्ष शाहकी श्रीमतीले चुनाव हार्ने त्रासका कारण उनी त्यहाँ बस्दै आएको र श्रीमती अध्यक्ष बनाउन लागि परेको एक उम्मेदवारले बताए । ‘

को को छन् अध्यक्ष पदका लागि दाबेदार
ठाटीकाँध एमालेमा अध्यक्ष पदका लागि पुर्व गाउँपालिका अध्यक्ष धीरबहादुर शाही, योगेन्द्र विक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मी देवी शाह, बखत भण्डारी,ले अध्यक्षमा दाबी गरेका छन ।