युवा नेता जितेन्द्रद्धारा दुइ नम्बर वडा अध्यक्षमा उम्मेदवारी दर्ता

735
views

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिका -२ को वडा अध्यक्ष पदमा जितेन्द्र कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बनेका थापाले नेकपा(एमाले) बाट दुल्लु नगरपालिका वडा नम्बर -२ बाट वडा अध्यक्ष पदमा सोमवार उम्मेदवारी दर्ता गरेका हुन् ।

आफुले वडा अध्यक्ष जितेको खण्डमा सामन्ती शासकहरुका विरुद्धको लडाइमा थप सफल्ता मिल्ने र वडाको विकासमा रातनि नभनेर लाग्ने बताए ।

अहिले पनि सामन्ती शासकहरु हाबी भएका बेला समयमै सबैजना सचेत हुन आवश्यक छ,’उनले भने, ‘सामन्ती शासकहरुको अन्त्य गर्दै समुन्नत स्वच्छ वडाको निर्माण गर्ने परिकल्पनामा तपाइहरु सबै वडावासीको साथसर्पोट आवश्यक छ ।’

वडाका सामन्त हरु सँगको यो लडाई ऐतिहासिक हुनेछ भन्ने कुरा आजको मेरो उमेदारि बाट नै जनतालाई थाहा भयको छ,’उनले भने । सामन्त र शासक सधै आफूलाई सबैभन्दा बलियो भएको ठान्छन जब जनताले २०६२( ६३ को जनआन्दोलनले सडक पु¥याई छाडे । अनी थाहा पाय ठुलो मान्छे को हुन्छ भनेर त्यसैले सम्पुर्णलाई ऐतिहासिक लडाई वैचारिक लडाई मा सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’