पाकिस्तानमा आत्मघाती विष्फोट, ४ को मृत्यु, ४ घाइते

622
views

काठमाडौं । पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ जना चिनियाँसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुईजना चिनियाँ भाषाका शिक्षक रहेका छन् ।

उनीहरुलाई लिएर गईरहेको भ्यानका चालक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । आत्मघाती विस्फोट गराउने ब्यक्ति महिला रहेको खुलासा भएको छ ।

पाकिस्तानको पृथकतावादी बलुच लिवरेशन आर्मी बीएलएले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तानमा बढ्दो चिनियाँ लगानीप्रति विरोध हुन थालेका बेला चिनियाँहरुलाई लक्षित गरी यो विष्फोट भएको हो ।

यसैबीच पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । पाकिस्तान सरकारले पाकिस्तानी इतिहासको कायरतापूर्ण घटना भनेको छ ।