विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने खतरा छ ःविश्व बैंक

373
views

२५ जेष्ठ २०७९, काठमाडौं । रुस र युक्रेनबीच भएको युद्धका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने खतरा देखिएको विश्व बैंकले चेतावनी दिएको छ ।

दुई वर्ष भन्दा लामो समयदेखि कोरोना भाईरसँग जुध्ने क्रममा ठूलो आर्थिक क्षति व्यहोरिसकेको विश्वमा सो युद्धले मन्दी निम्त्याउन खतरा देखिएको विश्व बैंकको तर्क छ । युरोप, पूर्वी एशिया र अल्पविकसित देशहरूले यस्तो समस्या बढी झेल्नुपर्ने प्रक्षेपण पनि विश्व बैंकको छ ।विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वभरि इन्धन र खाद्यान्नको मूल्य आकाशीयको उल्लेख गर्दै उच्च मूल्यवृद्धि र न्यून आर्थिक वृद्धिले विश्वव्यापी मन्दी ल्याउने वताए। युक्रेन युद्ध, चीनको कडा लकडाउन, आपूर्ति व्यवस्थामा अवरोध र मूद्रास्फिर्तिबाट उत्पन्न हुने मन्दीबाट बच्न अधिकांश देशहरूलाई मुश्किल हुने उनको भनाई रहेको छ ।

उच्च मूद्रास्फिर्ति लामो समय रहनसक्ने भन्दै विश्व बैंकका अध्यक्ष मालपासले कमजोर लगानीका कारण दशक भरी नै न्यून आर्थिक वृद्धि जारी रहने चेतावनी दिए । विश्व बैंकले ऋण मिनाहदेखि खाद्यान्न निर्यातको नियन्त्रण तत्काल अन्त्य गर्न पनि विश्व समुदायलाई आग्रह गरेको छ ।

त्यसो नगर्ने हो भने वर्षौंसम्म झेल्नुपर्ने समस्याले सामाजिक विश्रृंखलता र अराजकता निम्त्याउने खतरा पनि विश्व बैंकले जनाएको छ ।