काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले भुमिका खेल्नु्पर्छ ः गगन थापा

322
views

२५ जेष्ठ २०७९, बुधबार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले काठमाण्डौको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमीको भुमिका लिनुपर्ने वताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवाले पहलकदमी लिनुपर्ने वताए ।

‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगर यी दुईवटा निकायले मात्रै चाहेर सम्भव छैन,’ थापाले भने ‘ कतिपय स्रोत साधन, कानुन नियमको गाँठो फुकाउन सम्माननिय प्रधानमन्त्रीलेनै पहलकदमी लिनुपर्ने छ । यसका लागि म प्रधानमन्त्री ज्यूलाई विशेष पहल कदमी लिन आग्रह गर्दछु ।’

उहाँले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई थापाले आग्रह समेत गरे। थापाले भने ‘यसको लागि श्रावण १ बाटै स्रोतबाटै कुहिन र नकुहिने फोहोर छुट्याउनको लागि काठमाडौं महानगरपालिकाले अपिल गरेको छ । काठमाडौँ महानगरवासी भएकाले र यो क्षेत्रको संसद भएको नाताले फोहोर मुक्त काठमाडौं बनाउने अभियानमा सम्पुर्ण महानगरवासीले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु ।’ थापाको भनाइ थियो ।