रुसी सेनाको आक्रमणमा बेलायती सैनिकको मृत्यु

360
views

३० जेष्ठ,काठमाडौं । युक्रेनको तर्फबाट युद्ध लडिरहेका एक पूर्व बेलायती सैनिकको रुसी सेनाको आक्रमणमा परेर मृत्यु भएको छ ।

गत मार्चमा बेलायती सेनाबाट राजीनामा दिई युक्रेन युद्धमा सामेल भएका जोर्डन गेट्ली एक प्रभावशाली सैनिकको रुपमा परिचित रहेको बुझिएको छ । युक्रेनको पूर्वी शहर सेवेरोडनेत्स्कमा रुसी सेनासँग जुधिरहेका उनको रुसी सैनिकको गोली प्रहारबाट मृत्यु भएको त्यहाँका संचार माध्ययमले वताएका छन् ।

उनले रुस युक्रेन युद्धकाबीच युक्रेनी सेनालाई बेलाबेलामा प्रशिक्षण समेत दिने गरेको बताईएको छ। युक्रेनी सेनाको अग्रपंक्तीमा रहने गरेका गेट्लीलाई लक्षित गरी गोली प्रहार गरिएको र उनको मृत्युले युक्रेनी सेनाको मनोबल गिरेको बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मायखाइलो पोडोलीकले गेट्लीको मृत्युले युक्रेन स्तब्ध भएको प्रतिक्रिया दिंदै बेलायती भएपनि देशले एक सच्चा नायक गुमाएको बताएका छन् ।