सिन्धुलीको चुरेभावरमा राष्ट्रपतिद्वारा बृहत वृक्षरोपण कार्यक्रमको थालनी

447
views

असार २, सिन्धुली । राष्ट्रपति विधादेवी भण्डारीले सिन्धुलीको चुरेभावर क्षेत्रमा वर र पिपलको विरुवा रोपेर बृहत वृक्षरोपण कार्यक्रमको थालनी गरेकी छन् । चुरे पहाडको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको नं १ वन तथा वातावरण सुरक्षा गणको आयोजनामा वृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरी वृक्षारोपण थालनी गरीएको छ ।


सिन्धुलीको दुधौली नगरपालिका–२ को चुरे क्षेत्र विशाल सामुदायिक वनमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर र पिपलको वृक्षरोपण गरी अभियान थालनी गरिन् ।चुरेको  वन क्षेत्रमा आज वर, पिपल, आँप, सिसौ लगातका वृक्षको रोपण गरिएको छ ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा एक लाख विरुवा रोपेर चुरे क्षेत्रमा जंगल, जल, जडीबुटी र जंगली जनावरको संरक्षण अभियानको शुरुवात गरिएको छ ।