मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

288
views

असार ८ काठमाडौं । आज देशका विभिन्न ठाउँहरुमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ । देशको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य भू भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

बिहान कर्णाली, गण्डकी, मधेश प्रदेश र प्रदेश(१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू आंशिक बदली रहेको छ। साथै गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुनेछ । साथै प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार राति भने प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुनेछ । प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।