पर्वत महोत्सवको तयारी पुरा, ५ करोड बढिको कारोबार हुने अपेक्षा

537
views

नम्रता लामिछाने
पर्वत, १०, माघ । सातौं पर्वत महोत्सवको तयारी पुरा भएको छ । माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सवको तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सबैजसो तयारी पुरा भएको जानकारी दिइएको हो ।

महोत्सबको मुल आयोजक पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले तयारीका सबै काम अन्तिम चरणमा पुगेको बताए ।

महोत्सव स्थलमा २ सय ५० वटा स्टल रहने छन् भने अधिकास स्टलहरु बुक भैसकेका छन । यस पटक स्थानिय ब्यबसायीलाई ५० प्रतिशत छुटमा स्टल सुबिधा दिइएका कारण स्थानिय ब्यबसायीहरुले नै बढी स्टल लिएका छन ।

महोत्सवमा रु. ५ करोड भन्दा बढिको कारोबार गर्ने अपेक्षा लिईएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको प्रचार प्रसार समितिका संयोजक गणेश लामिछानेले जानकारी दिए ।

महोसत्व अवलोकन गर्नका लागि दर्शकहरुलाई रु १ सय रुपैयाँको टिकट र विद्यार्थीलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक समतिका संयोजक ठाकुर वि पौडेलले जानकारी दिए ।