आजदेखी सातौ पर्वत महोत्सव शुरु

452
views

नम्रता लामिछाने
पर्वत, ११, माघ । आजदेखी सातौं पर्वत महोत्सव शुरु भएको छ । माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सवको आज स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गरेका हुन् ।

गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले पर्वतको विकासमा आँफु सदैव लागिरहने बताए ।

मन्त्री गिरीले महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न पर्वतवासीलाई आग्रह गरे । पर्वत महोत्सवमा २ सय ५० वटा स्टल रहेका छन् ।