नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

215
views

काठमाडौं, १, जेठ । नेकपा (एमाले) का सचिव एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रह्रीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

एमाले कार्यकर्ताको घरमा लुकेर बसेका रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

पक्राउ परे लगत्तै स्वास्थ्य परिक्षण गराएर राती लैनचौरस्थित प्रहरी हिरासतमा राखिएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ लैजान लागिएको हो ।