बंगलादेशको शरणार्थी शिबिर उच्च जोखिममा रहेको विज्ञहरुको चेतावनी

460
views

एजेन्सी । बंगलादेशका जलवायु विज्ञहरुले देशमा रहेका ठूला शरणार्थी शिबिरहरु उच्च जोखिममा रहको चेतावनी दिएका छन् । दक्षिणपुर्वी बंगलादेशको तटीय क्षेत्र कक्स बजार चक्रवात, डढेलो र पहिरोको उच्च जोखिममा रहेको भन्दै बिज्ञहरुले चेतावनी जारी गरेका हुन् ।

जलवायु न्युनिकरणमा ध्यान नदिए त्यहाँका १० लाख रोहिंग्या शरणार्थीहरुको ज्यान जोखिममा रहेको उनीहरुको दाबी छ । जलवायु परिवर्तन र बिकासका लागि अन्तराष्ट्रिय केन्द्रका निर्देशक सलीमुल हकले रोहिंग्या शिविरहरुमा पहिरोको उच्च जोखिम कायम रहेको र चक्रवातको कल्पना दर्दनाक भएको बताउनुभयो ।

हालै आएको मोचा आँधीले कक्स बजार पुर्ण रुपमा ध्वस्त हुँदा त्यहाँका शरणार्थीहरुको अवस्था दयनीय भएको उहाँको भनाई छ । यही समयमा फेरी आँधी आएको खण्डमा स्थिती झन भयावय हुने भन्दै शरणार्थीहरुको जीवन रक्षाका लागि तत्काल ठोस कदम चाल्नुपर्ने उहाँको भनाइृ छ ।

छिमेकी मुलुक म्यानमारको रखाइन क्षेत्रमा बढी प्रभाव पारेको यो आँधी बंगलादेश प्रवेश गर्दा कक्स बजारमा मात्रै २१ हजार शरणार्थीहरु प्रभावित भएका थिए । म्यानमारमा सेनाको ज्यादतीका कारण लाखौं रोहिंग्याहरु बंगलादेशमा शरण लिन पुगेका हुन् ।